You are viewing the translated version of कार्यान्वयन समितिः.

Section 5A
कार्यान्वयन समितिः
(१) प्रतिष्ठानको सरकारी लगानी व्यवस्थापन सम्बन्धी निर्णयलाई व्यवस्थित रूपमा कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन गर्न देहाय बमोजिमको कार्यान्वयन समिति रहनेछः-

(क) सचिव, अर्थ मन्त्रालय -संयोजक

(ख) सहसचिव, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय -सदस्य

(ग) सहसचिव, अर्थ मन्त्रालय

(संस्थान समन्वय महाशाखा) -सदस्य

(घ) सहसचिव, प्रतिष्ठानसँग सम्बन्धित मन्त्रालय -सदस्य

(ङ) कार्यकारी प्रमुख, सम्बन्धित प्रतिष्ठान - सदस्य

(२) कार्यान्वयन समितिको सचिवालय अर्थ मन्त्रालयमा रहनेछ।

(३) अर्थ मन्त्रालयको सरकारी लगानी व्यवस्थापन विषय हेर्ने शाखाको उपसचिवले कार्यान्वयन समितिको सचिवको रूपमा कार्य गर्नेछ।

(४) कार्यान्वयन समितिको बैठक संयोजकले तोकेको मिति; समय र स्थानमा प्रत्येक दुई महिनामा कम्तीमा एक पटक बस्नेछ।

(५) कार्यान्वयन समितिले आवश्यकता अनुसार सम्बन्धित विषयको विज्ञलाई बैठकमा आमन्त्रण गर्न सक्नेछ ।